नासा सेक्यूरिटिजले मेरो स्कूलसँगको सहकार्यमा शेयर कारोबार सम्बन्धी जानकारीमुलक भिडियोहरु निःशुल्क उपलब्ध गराउने

नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले मेरो स्कूलको सहकार्यमा लगानीकर्ताहरुलाई शेयर कारोबार सम्बन्धी जानकारीमुलक भिडियोहरु निःशुल्क उपलब्ध गराउने भएको छ।

कम्पनीले आफु मार्फत कारोबार गरिरहेका तथा भविष्यमा कारोबार गर्ने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार सम्बन्धी विभिन्न विषयको ज्ञान दिने भिडियोहरु उपलब्ध गराउन लागेको हो।

सामान्यतयाः १ हजार ४९९ रुपैयाँ पर्ने सो भिडियोहरु मेरोस्कूल एपमार्फत अनलाइन अथवा अफलाइन तरिकाले पूर्ण निःशुल्क रुपमा हेर्न सकिने कम्पनीले जनाएको छ। सो भिडियो हेर्नका लागि आवश्यक भौचर कोड तथा अन्य जानकारी इमेलमार्फत सबै ग्राहकहरुलाई पठाइसकेको छ।

मेरो स्कूल एपले विभिन्न विधामा अनलाइन शिक्षा प्रदान गर्दै आएको छ र सो एप गुगल प्लेस्टोर अथवा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिनेछ।

थप जानकारीका लागी तल दिएको लिंकमा जानुहोला ।