नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारमा गएकालाई प्राथमिक शेयर निष्कासन (IPO) मा आरक्षण दिएको शेयर कसरी भर्ने ?

हाल नेपाल सरकार धितोपत्र बोर्डले वैदेशिक रोजगारमा गएकालाई प्राथमिक शेयर निष्कासन (IPO) मा आरक्षण दिने निर्णय गरेकोमा यस कम्पनिले अनलाइन मार्फत नै हितग्राही (DEMAT) खाता खोल्न र आइपिओ भर्ने व्यवस्था मिलाएको छ। प्राथमिक शेयर निष्कासनमा आवेदन दिनको लागि डिम्याट खाता खोल्न आवश्यक हुन्छ। 

 

यहाँहरुले हाम्रो वेबसाईट kyc.naasasecurities.com.np को Create DEMAT Account मा  गई अनलाइन फारम मार्फत आवेदन गर्न सकिन्छ। फारम प्राप्त भएको २४ घण्टा भित्र हाम्रा ग्राहक प्रतिनिधिले त्यसलाई रुजु गरी तपाईंको ईमेलमा हितग्राही खाताको सम्पूर्ण विवरण पठाइ दिनेछन्।

IPO भर्न DEMAT को साथै चाहिने सिआरएन (CRN) नम्बर आफ्नो बैँक खाता भएको बैंकलाई इमेल मार्फत सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। तल उल्लेखित ढाँचामा बैंकलाई ईमेल पठाएमा बैंकले पनि २४ घण्टामा CRN नम्बर उपलब्ध गराउने गरेको छ। 

 

बैंकलाई ईमेल पठाउने फारम को नमुना यहाँ क्लिक गर्नु होला

 

डिम्याट खाता खोल्न लाई यहाँ क्लिक गर्नु होला ।

 

 

Read more →

नासा सेक्यूरिटिजले मेरो स्कूलसँगको सहकार्यमा शेयर कारोबार सम्बन्धी जानकारीमुलक भिडियोहरु निःशुल्क उपलब्ध गराउने

नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले मेरो स्कूलको सहकार्यमा लगानीकर्ताहरुलाई शेयर कारोबार सम्बन्धी जानकारीमुलक भिडियोहरु निःशुल्क उपलब्ध गराउने भएको छ। कम्पनीले आफु मार्फत कारोबार गरिरहेका तथा भविष्यमा कारोबार गर्ने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार सम्बन्धी विभिन्न विषयको ज्ञान दिने भिडियोहरु उपलब्ध गराउन लागेको…

Read more →

The Best Stock Brokers in Nepal

With access to 120 markets, 31 countries, and 23 currencies, Interactive Brokers allows you to earn, borrow, spend, and invest with one account. If you’re a Nepal-based investor looking for the best brokerages who have services in Nepal, the Nepal Stock Exchange (NEPSE) can offer…

Read more →